सप्तरीमा कारले ठक्कर दिँदा वृद्धको घटनास्थलमै मृत्यु

राजविराज, १२ कार्तिक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियामा बुधवार सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १८ च ७७३४ नम्वरको कारले ठक्करले ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षीय तीलक सुरेत यादवको मृत्यु भएको हो ।

ठक्करबाट यादवको घटनास्थलमै मृत्यु ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस