नेकपा केन्द्रीय कमिटी बैठक एक महिनापछि सारियो

जनकपुरधाम, १२ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक एक महिनाका लागि सारिएको छ । कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक अब मंसिर १५ गतेसम्मका लागि सारिएको हो ।

नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालल र इश्वरी रिजालले बुधवार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रीय कमिटी बैठक सरेको जानकारी दिएका हुन् । ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २०७७ कात्तिक १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मंसिर १५ देखि १७ गते आयोजना गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

गत भदौ महिनामा सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेका एजेण्डामाथि छलफल तथा चैत्र महिनामा गर्ने भनिएको महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो । पार्टीभित्रको विवाद बढ्दै गएको समयमा नेकपाका एकचौथाई केन्द्रीय सदस्यले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठक माग गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस