पछिल्लो २४ घण्टामा २ हजार ९८१ कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या १ लाख २१ हजार

जनकपुरधाम, १२ । देशभर पछिल्लो २४ घण्टामा बुधवार २ हजार ९८१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार योसँगै निको हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यासँगै नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । हालसम्म देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ ।

यसैगरी हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २९५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार २४८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ८८९ जना रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस