सप्तरीमा आज पनि थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ५८९ पुग्यो

राजविराज, १२ कार्तिक । सप्तरीमा आज (बुधवार) एक किशोरीसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रुपनी गाउँपालिका वडा नम्वर ५ की १४ वर्षीया किशोरी र वडा नम्वर ६ का ५८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यसैगरी खडक नगरपालिका वडा नम्वर ३ का ४५ वर्षीय पुरुषमा संक्रण्म पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए ।

योसहित सप्तरीमा संक्रमितको संख्या ३१४ महिला र १ हजार २७५ पुरुष गरी कुल १ हजार ५८९ पुगेको छ । जसमध्ये १९२ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी आजसम्म २७० महिला र १ हजार १०२ पुरुष गरी कुल १ हजार ३७२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । सप्तरीमा हालसम्म कोरोनाबाट २५ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस