राजविराजमा कति छन् कोरोनाका सक्रिय संक्रमित ?

राजविराज, १२ कार्तिक । सप्तरीमा आजसम्म १ हजार ५८९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये सदरमुकाम राजविराज नगरपालिकाकै १५६ महिला र ५०७ पुरुष गरी कुल ६६३ जना संक्रमित भएका छन् ।

राजविराजमा हाल कोरोनाबाट २ महिला र १० पुरुष गरी कुल १२ जनाको मृत्यु भइसकेको छ । हाल ८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

यसैगरी हालसम्म १३२ महिला र ४३७ पुरुष गरी कुल ५६९ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस