ठुलो परिमाणको लागुऔषधसहित दुई युवक पक्राउ

जनकपुरधाम, १२ कार्तिक । महोत्तरीबाट ठुलो परिमाणको लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका–९ का असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाका मनोज भुजेल रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले जलेश्वर नगरपालिका–३ स्थित सडकबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनाको साथबाट १ हजार ५०० पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको छ ।

दुवैमाथि आवश्यक कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस