सप्तरीको सप्तकोशीमा कोरोना संक्रमण बढ्यो, नियन्त्रण गर्न २ वटा वडा सिल

राजविराज, १२ कार्तिक । सप्तरीको सप्तकोशी नगरपालिकामा अत्यावश्यकबाहेकका सेवाहरु कार्तिक १८ गतेसम्मकालागि स्थगित गरिएको छ ।

नगरपालिकाले बुधवार सूचना जारी गर्दै गत ४ र ७ गते गराइएको परीक्षणबाट ३१ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका तथा मातहतका वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवाहरु स्थगित गरिएको जनाएको छ ।

यसैगरी समुदायस्तरमा फैलिएको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न वडा नम्वर १० र ११ मा पूर्ण रुपमा लकडाउन र सिल गरिएको सूचनामा उल्लेख छ ।

अर्को सूचना जारी नभएसम्म कोरोनाबाट जोगिन उच्च सतर्कता अपनाउन तथा स्वास्थ्य मापदण्डको पालना गर्न नगरपालिकाले आग्रह गरेको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस