पैगम्बर हजरतको जन्मदिनमा प्रदेश सरकारद्वारा सार्वजनिक विदा

जनकपुरधाम, १३ कार्तिक । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदाको घोषणा गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्दै प्रदेशमा विदाको घोषणा समेत गरेका हुन् । शुभकामना सन्देशमा भनिएको छ ‘इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद(स.)को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद (स.) को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन् भनि कामना समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस