पछिल्लो २४ घण्टामा नेपाल थप २ हजार ३६४ जनामा कोरोना संक्रमण, ३ हजार ३८ डिस्चार्ज

जनकपुरधाम, १३ कार्तिक । नेपाल पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार थपिएका संक्रमितसँगै हालसम्म संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । यसैगरी सोही अवधिमा ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

योसँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस