गृह मन्त्रालयद्वारा १०० जना कर्मचारी माग, दैनिक १ हजार २ सय पारिश्रमिक उपलब्ध गराइने (सूचनासहित)

जनकपुरधाम, १३ कार्तिक । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ । गृह मन्त्रालय अन्तर्गत रहेको विभागले राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ । आवेदन दिन पैसा लाग्ने छैन । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।

दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ । काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ ।

सूचना हेर्नुहोस् :

 

Author:



क्याटोगरी छान्‍नुहोस