हतियारसहित एक युवक पक्राउ

सुनसरी, १४ कार्तिक । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादव रहेका छन् । यादवले आफ्नो घरमा हतियार लुकाई राख्ने र स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

यादवलाई नियन्त्रणमा लिए संगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ७.६५७ मेड इन इन्डिया लेखिएको पेस्तोल थान १ र २ राउण्ड गोली लोड गरिएको म्याग्जीन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका यादव उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस