विश्वमा १ करोड ११ लाख ४२ हजारबढी कोरोनाका सक्रिय संक्रमित

जनकपुरधाम । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ५३ लाख नाघेको छ । वल्र्डोमिटरको तथ्यांकअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार २ सयबढी कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ करोड ५३ लाख २१ हजार ६५९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ११ लाख ८६ हजार २४३ जनाको मृत्यु भएको छ भने विश्वभर ३ करोड २९ लाख ९३ हजार १९६ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ करोड ११ लाख ४२ हजार २२० सक्रिय संक्रमित रहेको वल्र्डोमिटरको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ९१ हजार ३ सय बढी कोरोनाका संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ९२ लाख १२ हजार ५ सय बढी रहेको छ । जसमध्ये २ लाख ३४ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि भारतमा ४९ हजार २ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन् । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख ८८ हजार बढी रहेको छ । जसमध्ये १ लाख २१ हजार १ सय बढीले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो समय फ्रान्समा संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको छ। फ्रान्समा ४७ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन् । योसँगै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ लाख ८२ हजार ७ सय बढी रहेको छ । जसमध्ये ३६ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा इटाली र ब्राजिलमा २६ हजार बढी, स्पेन र यूकेमा २३ हजार बढी, बेल्जीयममा २१ हजार र पोल्याण्डमा २० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जर्मनीमा १८ हजार बढी, रसियामा १७ हजार बढी, अर्जेन्टिनामा १३ हजार बढी, कोलोम्बीयामा ११ हजार बढी र नेदरल्याण्डमा १० हजार बढी कोरोनाका संक्रमितहरु थपिएको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस