ब्रेन स्ट्रोकको खतराबाट यसरी बच्न सकिन्छ

प्रत्येक ४० सेकेण्डमा एक जना व्यक्ति स्ट्रोकको शिकार हुने गर्दछ । चिकित्सकहरुका अनुसार मस्तिष्कको कोशिकाहरु बिच सही रुपमा ब्लड सर्कुलेशन नभएपछि ब्रेन स्ट्रोक हुने गर्दछ । जब कोशिकाहरुलाई पर्याप्त मात्रामा अक्सिजन र पोषण पुग्न बन्द हुन्छ तब मानिस यसको चपेटमा पर्न बाध्य हुन्छ ।

अमेरिकामा ४९ प्रतिशत मानिसमा हाई ब्लड प्रेशर, हाई कोलेस्ट्रोल र धुम्रपानका कारण स्ट्रोक जस्तो गम्भीर समस्या आउने गर्दछ । विज्ञका अनुसार मानिसले यदि कुनै पनि तरिकाबाट आफ्नो ब्लड सर्कुलेशनलाई नियन्त्रित गर्न सकियो भने ठूलो समस्यबाट जोगाउन सकिन्छ । त्यसैले हरेक व्यक्ति आफ्नो दैनिक खानपानमा ध्यान दिनु जरुरी छ ।

अत्यधिक फ्याट भएको दूधजन्य उत्पादनको प्रयोगमा न्यूनिकरण गर्दै लानुपर्दछ । यस्ता खानेकुराले हाम्रो मुटुकालागि अहितकर हुन्छ । त्यसैले अत्यधिक फाइबर भएको खानेकुरा खानु उपयुक्त हुन्छ । फाइबर भएको खानेकुराले मुटुलाई स्वस्थ राख्नुकासाथै ब्लड सर्कुलेशनलाई समेत सन्तुलनमा राख्ने काम गर्दछ ।

6 Good Reasons to Eat a Banana Today

अमेरिका हार्ट एसोसिएशनका अनुसार जुन महिलाले ज्यादा पोटैसियम भएको आहार खान्छन् त्यस्ता महिलामा स्ट्रोकको खतरा कम हुन्छ । केरामा अत्यधिक पोटैसियम हुने भएकोले यसको प्रयोग स्वास्थ्यकोलागि अति फाइदाजनक हुन्छ । अन्य फलहरुको तुलनामा केरामा तुरुन्तै ताकत आउनुका साथै सुपाच्य समेत हुने भएको यसको सेवन गर्नु उपयुक्त हुन्छ ।

हाई ब्लडप्रेशरका कारण हुने स्ट्रोक सम्वन्धी समस्याबाट मुक्ति पाउनकालागि सख्खरखण्ड अर्थात स्वीट पोटाटो अति प्रभावकारी मानिन्छ । यसमा हुने फाइबर र पोटेशियम स्वास्थ्यकालागि फाइदाजनक मानिन्छ ।

बन्दाकोबी स्वास्थ्यको दृष्टिकोणले अति फाइदाजनक मानिन्छ । औषधीय गुणले भरिपूर्ण मानिएको बन्दाकोबीले हाई ब्लड प्रेशरलाई कन्ट्रोल गर्नुकासाथै स्ट्रोकको खतराबाट बचाउने गर्दछ । यसलाई तरकारी, उसिनेर वा भूजिया ईत्यादी बनाएर पनि खान सकिन्छ ।

माछामा ओमेगा ३ फैटी एसिड पाईन्छ । यसले शरीरमें राम्रो कोलस्ट्रोलको मात्रालाई बढाएर नराम्रो कोलस्ट्रोलको मात्रालाई घटाउने गर्दछ । सालमन, सरडाइन्स र मैकेरल तीन प्रकारको माछामा ओमेगा ३ को मात्रा अत्यधिक हुन्छ ।

यसैगरी दलियामा फाइबरको मात्रा अत्यधिक हुन्छ । फाइबरले कोलस्ट्रोललाई घटाउन मदत गर्दछ । यो स्वास्थ्यकालागि अति फाइदाजनक मानिन्छ । दलियालाई सूप वा पुलाव जस्तै बनाएर पनि खान सकिन्छ ।

यस्तै ओखरमा समेत औषधीय गुण हुन्छ । दैनिक रुपमा ३–४ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । ओखरले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ओखरको नियमित सेवन सुगरका बिरामीहरुकालागि समेत अति उपयोगी मानिन्छ । ओखरमा प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचनक्रियालाई बलियो बनाउँछ । नियमित सेवनले मस्तिष्कलाई स्वस्थ बनाउनमा मदत गर्दछ ।

Author:



क्याटोगरी छान्‍नुहोस