सुनको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

जनकपुरधाम, १८ कार्तिक । नेपाली बजारमा आज (मंगलवार) सुनको मुल्य प्रति तोला ४ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार रुपैयाँ थियो ।

यसैगरी तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँ कायम भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस