४६ जिल्लाका स्थानीय तहमा ब्रोडब्यान्ड ईन्टरनेट नेटवर्क

जनकपुरधाम, १८ कार्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले १८ मध्ये १२ वटा प्याकेजमा ४६ वटा जिल्लाका स्थानीय तहहरुमा ब्रोडब्यान्ड ईन्टरनेट सेवा पुर्याएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) को रकम परिचालन गरी ब्रोडब्याण्ड कनेक्सन पुर्याएको हो । १८ वटा प्याकेजमा देशभरका सबै स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउने लक्ष्यअनुसार हालसम्म १२ प्याकेजमा ४६ वटा जिल्लाका सबैजसो स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याईएको जनाएको छ ।

सो जिल्लाहरुका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा ब्रोडब्याण्ड ईन्टरनेट नेटवर्क जडान सम्पन्न गरिएको छ । जडान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा २ बर्षका लागि निशुल्क संचालन हुने प्राधिकरणले उल्लेख गरेको छ ।

उल्लेखित जिल्लाहरुका कुनै वडा कार्यालय, सामुदायिक विद्यालय तथा अस्पतालहरुमा ईन्टरनेट सेवा जडान गर्न बाँकी भए प्राधिकरणमा जानकारी दिन समेत आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस