सप्तरीमा आज पनि थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १७ सय नजिक

राजविराज, २७ कार्तिक । सप्तरीमा आज दुई महिलासहित ५ जना कोरोना संक्रमित थपिएका छन् । खडक नगरपालिकाका दुई महिलासहित ४ र बोदे बरसाईन नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिएका छन् ।

खडक नगरपालिका–१० का एक महिला र एक पुरुष, वडा नम्वर ९ का एक महिला तथा वडा नम्वर ७ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी बोदे बरसाईन नगरपालिका–१० का एक पुरुषमा संक्रमण देखिएको निमित्त प्रमुख यादवले बताए ।

योसँगै सप्तरीमा संक्रमितको संख्या १६ सय ९८ पुगेको छ । संक्रमितमध्ये हालसम्म १५ सय ६ जना निको भएका छन् । हालसम्म १६० सक्रिय संक्रमित रहेको निमित्त प्रमुख यादवले जानकारी दिए ।
सप्तरीमा कोरोनाबाट हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस