२४ घण्टामा देशभर २ हजार ३४९ जना कोरोना संक्रमणमुक्त

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा २ हजार ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

यसैगरी पछिल्लो घण्टामा थप १ हजार ९१३ संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १५ जनाको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस