जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ११ वर्ष पश्चात पक्राउ

 

उदयपुर, २७ कार्तिक । ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीलाई ११ वर्ष पश्चात पक्राउ गरेको छ ।

२०६६ जेष्ठ १४ गते जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्धामा ७ वर्ष कैद फैसला भई हाल सम्म फरार रहेका चौदण्डीगढी नगरपालिका वडा नम्वर ९ का ४६ बर्षीय नारायण बहादुर राउतलाई कार्तिक २६ गते बिहान गाउँघरमा नै लुकिछीपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस