केटाकेटीले पड्काएको पटाकाले आगलागी हुँदा सप्तरीमा १४ लाखको धनमाल जल्यो

सप्तरी, २७ कार्तिक । डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित मुखिया टोलमा आज (विहिबार) दिउँसो आगलागी भएको छ । आगलागीमा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

केटाकेटीले पड्काएको पटाकाले लागलागी भएको हो । बतही देवी मुखियाको घरबाट सुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर र घरमा रहेको सरसामान जलेको प्रहरीले जनाएको छ ।

आगलागीले राजकुमारको मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेको छ । यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख रुपैयाँ, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख २० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ । आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस