रोतहटमा एक युवतीको गोली हानेर हत्या

जनकपुरधाम, २७ कार्तिक । रौतहटमा गए राति एक १८ वर्षीया युवतीको गोली हानेर हत्या भएको छ । माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोधि साहकी छोरी अमृता कुमारी साहको गोली हानेर हत्या भएको हो ।

राति ११ बजे घरमा सुतिरहेको अवस्थामा उनको हत्या भएको रोतहटका प्रहरी प्रमुख शिद्धिविक्रम साहले बताए । २०७६ साल फागुनमा सर्लाहीको मधुवन गोठका रुपेश साहसँग उनको विवाह भएको थियो । तर, गत असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएपछि अमृता माइतमा बस्दै आएकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस