अल कायदाका प्रमुख नेता आयमान अल जवाहिरीको मृत्यु

जनकपुरधाम । अल कायदाका संस्थापक तथा प्रमुख नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ । न्यूयोर्क टाइम्सका पत्रकार हसन हसनले ट्वीटमार्फत जवाहिरीको एक महिनाअघि प्राकृतिक कारणले मृत्यु भएको खुलासा गरेका छन् ।

पत्रकार हसनले हालै अल कायदा निकट स्रोतसँग यसबारे बुझेको र स्रोतले जवाहिरीको मृत्यु भएको पुष्टि गरेको अल अराबीको रिपोर्टमा जनाइएको छ । जवारी १९८८ मा ओसामा बिन लादेनसँगै अल कायदाको स्थापना गर्ने नेताहरुमध्येका एक थिए ।

२०११ मा अमेरिकी सेनाको कारवाहीमा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले अल कायदाको नेतृत्व सम्हालेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस