पाइन्टभित्र चरेस तस्करी गर्दैगर्दा दुई युवक पक्राउ

जनकपुरधाम, २ मंसिर । पर्सामा लागुऔषध चरेससहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगपालिका ५ वयुका २३ वर्षीय धीरज पटेल र वडा नम्वर २ छपकैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव रहेका छन् ।

भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४ किलो ८९० ग्राम चरेस बरामद भएको वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेशराज पुरीले बताए ।

दुवै जनाले पाइन्टभित्र चरेस लुकाएर लैजादै गर्दा चेकजाँचको क्रममा बरामद भएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस