पछिल्लो २४ घण्टामा २८७८ जना कोरोनामुक्त

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा २ हजार ८७८ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ५०२ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ । यसैगरी पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस