‘बजरंगी भाइजान’ की ‘मुन्नी’को नयाँ लुक

 

हिन्दी सिनेमाका सुपरस्टार सलमान खानको हिट फिल्म बजरंगी ‘भाइजान’मां मुन्नीको भूमिका निभाएकी बाल कलाकार हर्षाली मल्होत्रामा यतिबेला व्यापक परिवर्तन आएको छ । सिनेमामा देखिने हर्षाली किशोरावस्थामा पुगेकी छिन् । उनी अभिनित फिल्ममां सलमानको पिठ्युँमा सवार भएकी बालिका देखिएकी थिईन् । तर अब हर्षाली उमेर बढेसँगै ठूली हुँदै गएकी छिन् । हालको तस्विर हेर्दा उनलाई सहज रुपमा चिन्न पनि गाह्रो हुन्छ ।

२०१५ मा निर्माण भएको बजरंगी भाइजानमा देखिएकी छिन् । हर्षाली सोशल मिडियामा अत्यधिक सक्रिय रहने गर्छिन् । उनले दिपावली, भाइटीका सहितका पर्वहरुमा विभिन्न पोजका तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस