भारतमा ४ लाख ४८ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित

जनकपुरधाम । भारतमा थप ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । वल्र्डोमिर्टसको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ५३२ संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ ।

जसमध्ये हालसम्म ८३ लाख ३३ हजार १३ जना कोरोनामुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको ४ लाख ४८ हजार ६६० छ । सक्रियमध्ये ८ हजार ८४४ संक्रमितको स्वास्थ्य अवस्था जटिल रहेको तथ्यांकले देखाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट थप ४७२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ ।

अमेरिकामा १ करोड १६ लाखबढी संक्रमित

सवैभन्दा बढी कोरोना संक्रमण देखिएको अमेरिकामा १ लाख ५७ हजार १ सय नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा थपिएका संक्रमितसँगै अमेरिकामा कुल संक्रमितको संख्या १ करोड १६ लाख ९५ हजार ५५० पुगेको छ ।

हालसम्म संक्रमित ७० लाख ८७ हजार ७६५ जना डिस्चार्ज भएका छन् । यसैगरी हाल ४३ लाख ५३ हजार ५३२ जना सक्रिय संक्रमित रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६१३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ५४ हजार २५३ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस