‘मैथिली भाषालाई दबाउने षड्यन्त्र भईरहेको छ’

कमल कुमार मण्डल
राजविराज । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले मैथिली भाषालाई दबाउन षड्यन्त्र भईरहेको टिप्पणी गरेका छन् । मिथिला साहित्य कला प्रतिष्ठान नेपालको तेश्रो वार्षिकोत्सवका वक्ताहरुले यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रधानाध्यापक पिताम्बर लाल यादवले भने– ‘एक समयमा हामी मिथिला र मैथिली विश्वमा गौरवशाली स्थान प्राप्त गरेका थिए, तर अहिले हामी मैथिलीको स्थान खोज्दै छौं ।’ उनले नेपालमा पहिलो भाषा नेपाली र दोश्रो स्थानिय भाषाका रुपमा मैथिली रहे पनि अहिले चौथो–पाचौं स्थानमा लैजाने षड्यन्त्र भईरहेको बताए ।

षड्यन्त्रविरुद्ध मैथिली भाषाभाषीलाई सजक हुनु आवश्यक रहेको प्राधानाध्यापक यादवले बताए । कार्यक्रममा विशिष्ट अतिथि मिथिला टाईम्सका सम्पादक रामरिझन यादवले मैथिली भाषालाई रोजीरोटीसँग जोड्न आवश्यक रहेको बताए ।

भाषणले मात्र मैथिली अगाडी नहुने बताउँदै उनले थपे –‘सबैलाई आ–आफ्ना स्थानबाट मैथिलीका लागी कार्य गर्नु पदर्छ ।’ मैथिली साहित्य परिषद् राजविराजका उपाध्यक्ष श्यामसुन्दर यादवले मैथिली लेख्न र बोल्न नआएको आफ्नै मनोरोगी भएकोले यस्ता संकुचितका घेराबाट निस्किएमा मात्रै मैथिली अगाडी बढ्ने बताए । मैथिली भाषालाई सिनेमा, गीत, संगीत, सञ्चार तथा राजनितीसगँ जोड्ने उनले आवश्यकता औंल्याए ।

प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका संस्थापक सदस्य शम्भु श्रीले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र मिश्र, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन भने साहित्यकार विद्यानन्द वेदर्दीले गरे ।

कार्यक्रममा मैथिली साहित्य परिषद् राजविराजका आजीवन सदस्य एवं लक्ष्मी वल्लभ नरसिंह माध्यमिक विद्यालय वभनगामाकट्टीका पुर्व प्रधानाध्यापक तिलाठी कोइलाडी गाउँपालिका–३ का जवाहर लाल देवलाई सुखी फुलो मिथिला गौरवबाट सम्मान गरिएको छ ।

उनले आफ्ना विद्यालयसहित विद्यालयका सम्पुर्ण श्रोत केन्द्र तथा जिल्लामा समेत मैथिली भाषाको पढाई सञ्चालनमा योगदान पुर्याएका थिए । सोही कार्यक्रममा किरण झाद्वारा लेखिएको मधुश्रावनी गीतमाला पोथी पनि लोकार्पण गरिएको छ । कार्यक्रमका विशिष्ट अतिथि रामरिझन यादवले सो पोथीको लोकार्पण गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस