नायिका डोली र गायिका अन्जुको छठ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

 

राजविराज । कला क्षेत्रमा निक्कै चर्चित मानिएको नायिका डोली सरकार र गायिका अन्जु यादवको मैथिली छठ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जल्दी जल्दी चलु छठि घाटपर…बोलको म्युजिक भिडियो मङ्गलवार जननी फिल्म्स प्रा.लि.को जननी फिल्म्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अन्जुद्वारा स्वरवद्ध उक्त म्युजिक भिडियोमा डोली र उनको समूहले अभिनय निभाएकी छिन् ।

मिथिला मधेशका चर्चित गीतकार अशोक दत्तको शब्द रहेको उक्त गीतमा रोशन मिश्राले सङ्गीत भरेका छन् । जनकपुरधामको नटराज रेकर्डिङ्ग स्टुडियोबाट रेकर्ड गरिएको छठ गीतको छायाङ्कन प्रेम राउतले गरेका छन् भने सम्पादनमा प्रेम र रवेन्द्र मडर रविले गरेका छन् ।

पारम्परिक गायन रहेको जल्दी जल्दी चलु छठि घाटपर…बोलको म्युजिक भिडियोको निर्मातामा श्यामसुन्दर पथिक रहेका छन् । छठ गीतको निर्देशन समेत डोलीले नै गरेकी छिन् भने संयोजन कल्पना सरकारले गरेकी छिन् ।

हालसम्म सार्वजनिक भएका छठ गीतहरुमध्ये यो गीत अत्यन्तै कर्णप्रिय एवम् उत्कृष्ट रहेको गायिका अन्जुले प्रतिक्रिया दिएकी छिन् । आफुहरुको उक्त छठ गीतलाई युट्यब च्लानलमा लाइक, कमेन्ट, शेयर र सब्सक्राइब गरि प्रोत्साहन गरिदिन उनले आग्रह गरेकी छिन् ।

भिडियो हेर्नुहोस्

Author:



क्याटोगरी छान्‍नुहोस