नेपाली अनुवादको ‘कुरआन’ निःशुल्क वितरण

राजविराज, ३ मंसिर । इस्लामीक संघ नेपालले सप्तरीको राजविराजमा बुधवार नेपाली अनुवादको कुरआन (इस्लाम धर्मको प्रमुख धर्मग्रन्थ) निःशुल्क वितरण गरेको छ । संघले देशभर नै कुरआन वितरण गर्न थालेको कार्यक्रम अन्तर्गत राजविराजमा पनि निःशुल्क कुरआन वितरण गरिएको हो ।

‘कुरआन इस्लाम धर्मकालागि मात्रै नभएर समस्त मानव जातिको लागि ईश्वरीय ग्रथ हो’ इस्लामीक संघ नेपाल सप्तरीका अध्यक्ष कलिम खानले भने–‘यसको अध्ययनले समस्त मानव जातिले शिक्षा प्राप्त गर्न सक्छन ।’ सोही उद्देश्यले नै नेपाली अनुवादको कुरआन निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार राजविराजमा ६०–६५ वटा तथा अहिलेसम्म देशभरमा ३ हजारभन्दा बढी नेपाली अनुवादको कुरआन वितरण गरिएको छ । कुरआनसँगै मुहम्मद (सल्ल.) र पैतृक सम्पति (विरासत)को कानुन नामक हाते पुस्तक पनि वितरण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस