ब्राउन सुगर सहित दुई जना पक्राउ

सुनसरी, ४ मंसिर । सुनसरीको बराहक्षेत्र वडा नम्वर ७ बोराबाध स्थितबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका वडा नम्वर ५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रवण कुमार चौधरी रहेका छन । बुधबार साँझ ६ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानूनी कारवाही अगाडि बढाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस