मेकअप विना नै यी ६ तरिकाले आँखा आकर्षक बनाउनुस्

जनकपुरधाम। आँखा मानिसको व्यक्तित्वको पहिचान हो । यी कारणले पनि आँखाको सुन्दरतालाई कायमै राख्नु आवश्यक छ । मेकअप विना पनि आँखालाई सुन्दर बनाउन सकिन्छ ।

इण्डिका मेकओभर स्टुडियोका मालिक निर्मल रन्धावाले आँखालाई सुन्दर बनाउन दिएको केही तरिका यस्तो छ ।

१. परेलामा लगाउनुस् फेशियल क्रीमः
परेलामा फेशियल क्रीम लगाएर सुख्खापन हटाउन सकिन्छ । यद्यपी, यस्तो गर्ने बेलामा क्रीम आँखाभित्र पस्न नदिन अत्यधिक ध्यान पुर्याउनु आवश्यक छ ।

२. आँखालाई चिसो पानीले धुनेः
चिसो पानीले धोएमा आँखा सफा हुन्छ । यसले आँखाको जातापन पनि कायम रहन्छ ।

३. आँखालाई आरामको आवश्यक पर्छः
प्रयाप्त आराम र कम्तिमा ८ घण्टासम्मको निन्द्रा आँखाको सुन्दरताको लागि आवश्यक छ । यसो नगरी शरीरको थकान आँखाबाट देखिन्छ ।

४. सन्तुलित आहारः
धेरै पानी पिउने, खानामा पनि फल र तरकारीको बढी मात्राले आँखाको सुन्दरता बढाउँछ ।

५. भौं (आइब्रो)मा ध्यान दिनुस्ः
आँखाको सुन्दरताको लागि भौंमा पनि त्यति नै निर्भर गर्छ । त्यसैले भौंमा ध्यान पुर्याउनु आवश्यक छ ।

६.पेट्रोलियम जेलीको प्रयोगः
परेलामा थोरै पेट्रोजियम जेली लगाउदा पनि आँखाको आकर्षक बनाउन सकिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस