२४ घण्टामा १६६९ कोरोना संक्रमित थपिदा ५६९९ जना डिस्चार्ज

जनकपुरधाम, ७ मंसिर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ६६९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर निको हुनेको १ लाख ९९ हजार २४ संख्या पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ ।

यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस