सहिद प्रभु नारायण स्मृति टी–२० उपाधिमाथि कल्याणपुरको कब्जा

राजविराज, ७ मंसिर । सप्तरीमा संचालित सहिद प्रभु नारायण स्मृति टी–२० को उपाधिमाथि कल्याणपुर (लाल पट्टी) टिमले कब्जा जमाएको छ । को तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा आयोजना गरिएको प्रतियोगिताको आइतवार सम्पन्न फाईनलमा बरमझियालाई ७६ रनले पराजित गर्दै कल्याणपुर उपाधि जित्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गदै कल्याणपुरले निर्धारित २० ओभरमा २०४ रन तयार पारे । प्रतिउत्तरमा बरमझिया टिमले १७ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाउँदै १२८ रनमै समेटिए । आयोजक सहिद प्रभु नारायण यादव स्मृति ट्रष्टका अध्यक्ष अवधेश झाको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि प्रदेश–२का सामाजिक विकास मन्त्री नवल किशोर साह लगायत अतिथीहरूले विजेता, उप–विजेता टोलीलाई शिल्ड कप, प्रमाण पत्र तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा प्रतियोगिता संचालनका निम्ति सहयोग गर्ने अम्पायर, स्कोरर, कमेन्टेटर तथा स्वयं सेवक लगायत स्थानिय युवाहरूलाई समेत पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको ट्रष्टका सचिव भगवानलाल यादव(रोहित) ले जानकारी गराए ।

समापन सत्रको संचालन पनि सचिव यादवले नै गरेका थिए ।

 

Author:



क्याटोगरी छान्‍नुहोस