विश्वभर १ करोड ६८ लाख २४ हजारबढी कोरोनाका सक्रिय संक्रमित

जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार १२ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५ करोड ८९ लाख ८३ हजार ५३१ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म ४ करोड ७ लाख ६५ हजार ५२१ जना निको भएका छन । हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख २४ हजार ४३९ छ । त्यसमध्ये १ लाख ३ हजार ८१ जनाको स्वास्थ्य अवस्था जटिल रहेको वल्र्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ४०९ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार ५७१ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस