पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ डिस्चार्ज

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ९८० जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

यसैगरी सोही अवधिमा सोमवार ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

यसैगरी थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । हालसम्म देशभर १६ लाख ७० हजार ४५६ जनाको पिसिआर परीक्षण भएको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस