शिक्षा मन्त्रीको अपिल–‘कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुनुहोस्’

जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षामा सहभागी हुन अपिल गरेका छन् । उनले एक अपिल सार्वजनिक गर्दै परीक्षा केन्द्रमा कोरोना सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाइएकोले ढुक्क भएर परीक्षामा सहभागी हुन अपिल गरेका हुन् ।

यद्यपी, परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, सही ढंगले मास्क लगाउने, साबुन पानीले हात हुने जस्ता सामान्य स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राइँ नगर्न उनले आग्रह गरे । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षा दिन लागेका सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना समेत दिएका छन् ।

कक्षा १२ को परीक्षा भोलि (मंगलबार) देखि शुरु हुँदैछ । यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस