सप्तरीबाट सवैभन्दा बढी कर वुझाउने यी संस्था सम्मानित

राजविराज, ८ मंसिर । नवौं राष्ट्रिय कर दिवश–२०७७ कर सप्ताह अन्तर्गत आन्तरिक राजस्व कार्यालय लहान, करदाता सेवा कार्यालय राजविराजले सप्तरीमा सवैभन्दा बढी कर बुझाउने एक संस्थालाई सम्मान गरेको छ ।

सम्मान पाउनेमा अग्नीसाईर कृष्णासवरण गाउँपालिका–६ महुलीस्थित महुली लघुवित वित्तिय संस्था रहेको छ । संस्थाले गत वर्ष ३५ करोड ५९ लाख ९३ हजार ९८४ रुपैयाँ २८ पैसाको कारोबार गरेको करदाता सेवा कार्यालय राजविराजका कर अधिकृत सुरेश दाहालले जानकारी दिए ।

कारोबारबाट १ करोड ९९ लाख ५३ हजार २७७ रुपैयाँ २५ पैसा आयकर दाखिला गरेर सप्तरीबाट सवैभन्दा बढी कर दाखिला गर्ने संस्था बनेको छ । सो वापत संस्थालाई सम्मान गरिएको कर अधिकृत दाहाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस