भारतमा ४ लाख ३९ हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित

जनकपुरधाम, ९ मंसिर । कोरोना भाइरस संक्रमणबाट भारतमा एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको एक लाख ३४ हजार २५४ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या ९१ लाख ७७ हजार ७२२ पुगेको छ । भारतमा अहिलेसम्म ८६ लाख ३ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी ४ लाख ३९ हजार ८९३ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था जटिल रहेको वल्र्डोमिटर्सको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस