पछिल्लो २४ घण्टामा २७९१ कोरोना संक्रमित निको भए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार योसँगै मंगलवारसम्म निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।

यसैगरी २४ घण्टामा थप १ हजार ७९० जना संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । यासँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस