तीन दिवसीय कार्यक्रमको आयोजना गरि विद्यापति स्मृती पर्व मनाउने

राजविराज, ९ मंसिर । सप्तरीको मैथिली साहित्य परिषद राजविराजले तीन दिवसीय कार्यक्रमको आयोजना गरि विद्यापति स्मृती पर्व मनाउने भएको छ ।

मैथिली भवनमा मङलवार परिषदका अध्यक्ष सतिस कुमार दत्तको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले स्मृती पर्वबारे निर्णय गरेको हो । मैथिल महिला परिषदद्वारा मङ्सिर ११ गते १ बजे विहिबार मैथिली भवनमा साहित्यिक गोष्ठी आयोजना गरिने निर्णय भएको छ ।

परिषदद्वारा मङ्सिर १२ गते शुक्रवार ‘सप्तरीमे मैथिलीके अवस्थाः वर्तमान आ भविष्य विषयक खुल्ला निबन्ध प्रतियोगिता’ आयोजना गरिने परिषदका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका छ्न् ।

उनका अनुसार मङ्सिर १३ गते शनिबार दिउसो १ बजे महाकवि विद्यापतिको स्मृतिमा श्रद्धाञ्जली सभा तथा शिवदत्त मिश्र मैथिली पुरस्कार, विजयेन्द्र विनोद कला संस्कृति पुरस्कार सहितका सम्मानहरु प्रदान गरिने छ ।

सोही दिन साझ सहिद दशन चौकमा विद्यापति तस्विरमा माल्यार्पण एवम् मैनवत्ती प्रज्जवलन गरिने परिषदका सचिव अजय कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार परिषदको बैठकले विभिन्न विधाका पुरस्कारहरुकालागि नाम चयन गर्न चयन समिति समेत गठन गरेको छ ।

समितिको संयोजकमा परिषदका उपाध्यक्ष श्यामसुन्दर यादव, सदस्यमा परिषदका पुर्व अध्यक्ष समेत रहेका पुरस्कारदाता परिवारका विवेकानन्द मिश्र र मैथिल महिला परिषदकी अध्यक्ष शान्ति झा रहेकी छिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस