संघीय सरकार मधेशी जनताप्रति संवेदनशील छैन् : मन्त्री साह

राजविराज ९ मंसिर । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले संघीय सरकार मधेशी जनता संवेदनशी नरहेको बताएका छन् ।

मंगलवार समाजसेवी डिभिजनल ईन्जिनियर मिश्रीलाल तथा लाखोदेवी साहको ११ स्मृति समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कोभिड–१९ नियन्त्रण गर्न लामो समयदेखि तराई मधेशसँग जोडिएका सीमानाका बन्द गरेका कारण यहाँका जनताको दैनिकी अभावपूर्ण बनेको छ’ उनले भने–‘एकातर्फ लामो समय लगाएर पनि कोभिड नियन्त्रणका लागि गरेको कार्य कतिको प्रभावकारी छ भने विषय लुकेको छैन्, अर्कोतर्फ मुलुकमा व्याप्त वेरोजगारीले जनताको अभावग्रस्त दैनिकी छ नै र त्यसमाथि सीमानाका पनि बन्द ।’

सीमानाका लामो समयदेखि बन्द रहदा जनतालाई महँगीको मार खेप्नुपरिरहेको मन्त्री साहले बताए । ‘यीबोहक पनि यहाँका जनताको मित्र राष्ट्र भारतसँग रोटीबेटीको सम्बन्ध रहेको छ, बन्दका कारण पारिवारिक सम्बन्ध र सामाजिकिकरण समेत रोकिएर यहाँका समाजमा प्रतिकुल प्रभाव परिरहेको छ’ उनले भने–‘यी समस्याहरुलाई निदान गर्न समेत व्यवस्थित गरेर सीमानाका खुलाउनु आवश्यक छ ।’

उनले तत्कालै सीमानाका खुलाउनेतर्फ ध्यान पुर्याउन आग्रह समेत गरे । सदनका अध्यक्ष दुर्गाप्रसाद साहको अध्यक्षतामा आयोजित समारोहमा मन्त्री साहले समाजमा योगदान दिएका व्यक्तित्वको समाज रहुनजेलसम्म समाजले कदर गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश २ का सभा सदस्य नेत्रबिक्रम साह, स्वर्गीय दम्पतिका जेष्ठ सुपुत्र रामसुन्दर साह, माहिल सुपुत्र बीरेन्द्र साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, तेली कल्याण समाज सप्तरीका अध्यक्ष रामचन्द् साह, केन्द्रिय सदस्य उम्मदेश्वरप्रसाद साह, शिक्षक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष धर्मदेव साह, साह युवा समितिका अध्यक्ष रामअधिन साह, महिला संघका अध्यक्ष प्रमिला साह, हिन्दु परिषदका जिल्ला अध्यक्ष रामकिशुन साह लगायतले समाजसेवी दम्पतिले गरेको योग्दानबारे चर्चा गर्दै प्रशंसा गरे ।

२०६६ मंसिर ९ गते बाराको गढीमाई मेला भर्न जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको साह दम्पतिको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष उनका छोराहरुले एक जना फरक क्षमताका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

सो सम्मानबाट यस वर्ष बलान बिहुल गाउँपालिका–३ शोसिलकुमार साह सम्मानित भएका छन् । उनलाई ६ हजार ५०५ रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस