बर्दिवासमा प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

महोत्तरी, १० मंसिर । बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका युवकको गए राति उपचारको क्रममा मृत्यु भएको छ । छ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मंगलवार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउदा बर्दिबास–१ का बुद्धिराज न्यौपाने (सञ्जय) घाइते भएका थिए ।

दुई दिनदेखि वेपत्ता रहेकी स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बोरामा कोचेर फालिएको अवस्थामा बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । हत्याका दोषीलाई कारबाहीको मागसहित शव सडकमा राखेर आफन्त र स्थानीयहरुले प्रदर्शन गरेका थिए ।

सोही क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो । ग्रान्डी अस्पतालमा उपचारको न्यौपानेको मृत्यु भएको पारिवारजनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस