सप्तरीसहित देशभरका ३९६ स्थानीय तहमा अस्पताल निर्माणका लागि आज एकैसाथ शिलान्यास

राजविराज, १५ मंसिर । सप्तरीसहित देशभरका ३९६ वटा स्थानीय तहमा सुचीकृत भएको अस्पताल निर्माणका लागि आज एकैसाथ शिलान्यास हुँदैछ । मन्त्रीस्तरीय निर्णयबाट ३९६ वटा स्थानीय तहमा रहेको स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी ५–१०–१५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ रोकथाम, नियन्यण तथा उपचारमा सहयोगी हुने भएकाले एकैसाथ शिलान्यान्स गर्ने व्यवस्था गरिएको छ ।

जसअनुसार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्ग नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिकास्थित लोहजारा स्वास्थ्यलाई १५–१५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिनेछ ।

यी स्थानीय तहमा अस्पताल शिलान्यास हुँदैछ : MOFAGA_Notice_20201118121213

 

Author:



क्याटोगरी छान्‍नुहोस