महोत्तरीकी सन्ध्यालाई मिस नेपाल इन्टरनेशनल २०२० को उपाधी

 

महोत्तरी जिल्लाको बखरीकी सन्ध्या शर्मा मिस नेपाल इन्टरनेशनल २०२० को उपाधी हात पार्न सफल भएकी छिन् ।

संविधान सभा सदस्य राम कुमार शर्मा एवम् संघीय सांसद इन्दु कुमारी शर्माकी छोरी सन्ध्याले उपाधीसँगै नगद दुई लाख रुपैयाँ सहितको उपाधी जित्न सफल भएकी हुन् । नेपालकै इतिहासमा उक्त उपाधी पाउने सन्ध्या मधेसी समुदायको पहिलो छोरी हुन् । उनले ब्युटी विथ प्रपोज, वुमन अफ सब्सट्यान्स र मिस पपुलर च्वाइस भएकी छिन् । सन्ध्या वन विज्ञानमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।

काठमाण्डौमा शनिवार सम्पन्न उक्त प्रतियोगिताका २० प्रतिस्पर्धीलाई उछिन्दै सेमीफाइनल हुँदै ६ जना बिचको अन्तिम प्रतिष्पर्धामा उनी मिस नेपाल इन्टरनेशनल २०२० उपाधीमाथि कब्जा जमाउन सफल भईन् । यस्तै २३ वर्षीया नम्रता श्रेष्ठ मिस नेपालको उपाधि जित्न सफल भएकी छिन् । उनी किन्डरगार्डेनकी शिक्षिका हुन् । नम्रताले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने छिन् ।
यसैगरी मिस नेपाल सुप्रानेसनलको उपाधी सिमल कनौजिया, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेकी छिन् । उनीहरुले पनि अन्तरराष्ट्रिय प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

सह–उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पस सन्ध्या शर्मा, मिस हेल्दी नेहा सरकार, मिस फोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर च्वाइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भएकी छिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस