विश्वभर एकै दिन छ लाखभन्दा बढी कोरोना संक्रमित थपिए, थप १० हजारको मृत्यु

जनकपुरधाम, २१ मंसिर । विश्वभर एकै दिन छ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा छ लाख २० हजार ७७५ जना संक्रमित थपिएको वल्र्डोमिटर्सले जनाएको छ ।

योसँगै विश्वभर कोरोना संंक्रमितको संख्या छ करोड ६८ लाख ४७ हजार ८३३ पुगेको छ । हालसम्म ४ करोड ६२ लाख ३५ हजार ८५९ जना कोरोनामुक्त भएका छन् । यसैगरी हालसम्म १ करोड ९० लाख ७७ हजार ६३० सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख छ हजार १२ जनाको स्वास्थ्य अवस्था जटिल रहेको तथ्यांकमा छ ।

यसैगरी विश्वभर पछिल्लो २४ घण्टामा थप १० हजार ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर १५ लाख ३४ हजार २४४ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस