पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ को मृत्यु

जनकपुरधाम, २१ मंसिर । देशभर पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

यसैगरी २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । हाल १३ हजार ५८२ सक्रिय संक्रमित छन् ।

यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस