नाका खोल्नुपर्ने माग राख्दै सप्तरीको बेल्ही भन्सारमा धर्ना

राजविराज, २१ मंसिर । नेपाल भारत खुला सिमा सम्वाद समूहले सप्तरीको तिलाठि कोईलाडि गाउँपालिकाको तिलाठि बेल्ही भन्सार नाका खोल्नु पर्ने माग राख्दै आइतवार एक घण्टा धर्ना दिएका छन् ।

सिमानाका नखोलिएका कारण किसानहरुलाई मलखाद तथा दैनिक उपभोग्य सामग्रीहरु ल्याउन समस्या भईरहेको भन्दै उनीहरुले भन्सारमा धर्ना दिएका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् प्रदेश सभा सदस्य मनिस कुमार सुमन, जसपा नेपाल केन्द्रीय सदस्य तथा नेपाल भारत खुला सिमा सम्बाद समूहका केन्द्रीय सदस्य गजेन्द्र कुमार मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठि कोईलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, जसपा जिल्ला अध्यक्ष सुनिल झा, नेता गुडु देव लगायत स्थानीय नेता एवम् जनसमुदाय हरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780