बोदे वरसाईनमा आगलागी हुँदा तीन घर जलेर साढे २ लाखको क्षति

उमेश कुमार साह
बोदे बरसाईन (सप्तरी), २१ मंसिर । सप्तरीको बोदे बरसाईन नगरपालिका–७ हैठीमा आइतवार आगलागी हुँदा साढे २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय रामकृपाल पालको घरमा आगलागी भएको हो ।

आगलागीमा तीन वटा घर जलेर खरानी भएको छ भने घरमा रहेको सम्पूर्ण धनमाल जलेर साढे २ लाख रुपैयाँको क्षति भएको ईलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी निरीक्षक बिरेन्द्र पासवानले जानकारी दिए । विद्युतीय तार सट भएर आगलागी भएको हुनसक्ने उनले बताए ।

आगो राजविराज र शम्भुनाथ नगरपालिकाबाट खटिएको वारुणयन्त्र, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनबाट खटिएको प्रहरी टोली र स्थानीयवासिन्दाको सहयोगमा नियन्त्रणमा जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस