विश्वभर एक करोड ९२ लाखबढी कोरोनाका सक्रिय संक्रमित

जनकपुरधाम, २२ मंसिर । विश्वमा १ करोड ९२ लाखभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन् । वल्र्डोमिटर्सको अद्यावधिक तथ्यांकअनुसार विश्वभर सोमवार ५ लाख ३५ हजार १८ नयाँ कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ९२ लाख ६७ हजार २८७ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये १ लाख छ हजार २२९ जनाको अवस्था गम्भीर छ । विश्वभर हाल छ करोड ७३ लाख ९२ हजार ७१२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ करोड ६५ लाख ८३ हजार ६८० जना डिस्चार्ज भइसकेका छन् ।

यसैगरी हालसम्म कोरोना संक्रमणबाट १५ लाख ४१ हजार ७४५ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस