वैवाहिक बन्धनमा नायिका श्वेताः यस्तो छ मेहदीको तस्विर

 

चर्चित नायिका श्वेता खड्का मंसिर २२ गते अर्थात आज वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन् ।

धनगढी निवासी विजयेन्द्र सिहं रावतसँग उनी दाम्पत्य जिवनमा बाँधिन लागेकी हुन् । उनीहरु बिच विगत केही समयदेखि प्रेम सम्वन्ध रहँदैआएको थियो । उनीहरु बिच गोकर्ण रिसोर्टमा वैवाहिक कार्यक्रम भईरहेको छ ।

विवाहको लगन गाँठो अघि नायिका श्वेताले मेहदी तथा नव दुलहासँग खिंचिएका केही तस्विरहरु आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेकी छिन् । वैवाहिक समारोहमा श्वेता र विजयेन्द्रका अति निकटका आफन्तजनको सहभागिता रहेको छ ।

नायिका श्वेता ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली सिनेमामा प्रवेश गरेकी थिईन् । २०७१ साल असार २३ गते चर्चित नायक श्रीकृष्ण श्रेष्ठसँग श्वेताले विवाह गरेकी थिइन् । उनको विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । श्रीकृष्णको मृत्यु पश्चात उनी एक्लै बस्दैआएकी थिईन् ।

नायिका खडकाले विहेको ६ वर्षपछि दोश्रो विवाह गर्न लागेकी हुन् । उनले आइतवार आफ्नो फेसबुक पेजमार्फत भावुक पत्र सार्वजनिक गरेकी थिईन् । श्वेता र विजयेन्द्र बिच हुन लागेको उक्त विवाहको उनका फ्यान फोलोअर्सहरुले प्रसंशा गरेका छन् ।

  

Author:



क्याटोगरी छान्‍नुहोस