सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम, २२ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रादेशिक सुशासन केन्द्र मुजेलियामा प्रदेश मातहतका कर्मचारीहरुको लागि आयोजित सूचना सञ्चार प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले निर्देशन दिएका छन् । आजको युग सूचना प्रवृद्धिको युगको रहेको उल्लेख गर्दै उनले अबको समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताए ।

कर्मचारीहरुकोलागि अनुशासन आवश्यक रहेको जिकिर गर्दै उनले कर्मचारी तन्त्रमा अनुशासन कायम नभए सम्म विकास र समृद्धिको परिकल्पना समेत गर्न नसकिने उल्लेख गरे । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलले प्रदेशका कर्मचारीहरुलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र यसले भविष्यमा समेत निरन्तरता पाउने बताए ।

कार्यक्रममा प्रादेशिक सुशासन केन्द्रका निर्देशक रुपेश कुमार साहले तालिमबाट प्राप्त उपलब्धी बारे प्रस्तुति गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस